फानी तुफानका कारण नेपालमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं,
वैशाख २० ।

समुद्री आँधी ‘फानी’ शुक्रबारबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । फानी नेपाल प्रवेश गरेपनि यसले खासै असर नपार्ने महाशाखाले जनाएको छ ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ ।

नेपालमा सो तुफानको प्रभाव तुफानका रुपमा नभइ हावाहुरीका रुपमा पर्ने छ । चिसो हावा र आद्रता बढि भएको हावा नेपाल प्रवेश गर्ने र त्यसका कारण शुक्रबार सामान्य वर्षा हुने तथा शनिबार हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेको मौसम विद् बताएका छन् । आइतबारदेखि भने नेपालको मौसम सफा हुने अनुमान गरिएको छ ।

फानी तुफानका कारण नेपालमा चिसो हावा प्रवेश गर्नेछ । यस्तै नेपाली वायु मण्डलमा रहेको तातो हावा र बंगलाको खाडीबट प्रवेश गरेको चिसो हावा एकआपसमा ठोक्किँदा चट्यांगको सम्भावना पनि हुने महाशाखाले अनुमान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार