काठमाडौं,
वैशाख १९ ।
गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’को भिडियोमा सार्वजनिक भएको छ । कार्टुन क्रिउको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा सरोज अधिकारीलाई बसको सहचालक र आश्मा विश्वकर्मालाई कलेजकी विद्यार्थीको रुपमा देखाइएको छ । सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ ।
कार्टुन क्रुका सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए । ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौ । तर, यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौं । दर्शकका लागि यो नौलो स्वादको हुनेछ,’ सरोजले भने ।
गायक सन्जिबले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए । ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीत भन्दा यो गीत केही हिसाबले फरक छ’, उनले भने ।
गीतमा शब्द र सङ्गीत कमल खत्रीको छ भने सङ्गीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा कार्टुन क्रिउसँगै गायक संजिब पनि फिचर्ड छन् ।
यसअघि गायक संजिब र कार्टुन क्रिउको सहकार्यमा ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन, लाक्पा डी लामाको सम्पादन रहेको छ ।






