काठमाडौं,
वैशाख १८ ।
बीजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम् सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ ।
कला राईको प्रस्तुति, शंकर अधिकारी घायलको लेखन तथा निर्देशन चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान, दमक, इलाम र श्री अन्तुका रमणिय स्थानमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन ।
चलचित्रमा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, कृति छेत्री, राजन श्रेष्ठ, अस्मि थापा, मिलन तमाङ, रमेस घतानीलगायतको अभिनय रहने छ ।
बाबुल गिरी, राजेन्द्र बजँगाईँ, शंकर अधिकारी घायलको सङ्गीत तथा नित्याशिवा, गायक शम्भु रैका, प्रह्लाद तिमिल्सिनाको स्वरसो चलचित्रको गीतमा रहने छ ।
देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य र सुशील डाँगीको छायाँकन रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले जानकारी गराए ।






