नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर

काठमाडौं,
वैशाख १७ ।

नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा सोबार चीनमा प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षरसँगै नेपालको पहुँच हिमाल पारी चीनका ७ वटा बन्दरगाहामा पहुँच भएको छ ।

नेपालका लागि अति महत्वपूर्ण यो सम्झौता हुँदा सोमबार बेइजिङमा चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि उपस्थित थिए ।

गत भदौमा काठमाडौंमा भएको नेपाल-चीनको तेस्रो परामर्श बैठकमा प्रोटोकलमा सहमति जुटेको थियो । अब दुई देशका मन्त्रिपरिषद्ले प्रोटकल अनुमोदन गरेसँगै कार्यान्वयन हुनेछ ।

पारवहन सम्झौताअनुसार नेपालले चीनका ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाहा तेस्रो मुलुकसँग व्यापारका लागि प्रयोग गर्न पाउनेछ ।

हाल नेपालको यस्तो पहुँच भारतसँग मात्र थियो । अब नेपालले चीन हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न पाउनेछ ।

यसमा तपाइको मत

अन्य समाचार