सांस्कृतिक परेडमा लिटिल मिस हेरिटेजका प्रतियोगी

काठमाडौं,
वैशाख १५ ।

‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले बिभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन् ।

देशको कलासंस्कृति र भेषभुषा आन्तरिक तथा बाह्य प्रयटर्कलाई अवलोक गराउदै सम्पदाको जगेर्ना गर्न सन्देश फैल्याउने उद्देश्य सांस्कृतिक परेडको रहेको आयोजक जेनिथ ईन्टरटेनमेन्टका सिइियो बिक्रम सिंह मैनालीले जानकारी दिए ।

सो अवसरमा प्रतियोगीले सम्पदा जोगाउन सन्देश दिने प्लेकार्ड समेत बोकेका थिए । ‘लिटिल मिस हेरिटेज २०१८’ का जुनियर तथा सिनियर बिजेता प्रंशासा रायमाझी, सारिका प्रजापतीले परेको संयोजना गरेका थिए ।

‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराई उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसीले बताए ।

१८ बुधबार जावलाखेल स्थित देव हलमा अन्तिम स्पर्धा हुने प्रतियोगितामा बिभिन्न संस्कृतिक तामझामका साथ बिजेता छानिने छन् ।

यसमा तपाइको मत

अन्य समाचार