यस्तो छ ‘जात्रै जात्रा’को ट्रेलर

काठमाडौं,
वैशाख १३ ।

चलचित्र ‘जात्रै जात्रा’ ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’को सार्वजनिक ट्रेलरमा सुन काण्डलाई मुख्य विषय वस्तु बनाइएको छ ।

जेठ तीन गतेदेखि सिनेमाघरमा आउन लागेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जनलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको चलचित्रको कथा निर्देशक भट्टराईले नै तयार पारेका हुन् । शिव राम श्रेष्ठको छायाँकन, मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्रका यसअघि दुई गीत सार्वजनिक भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार