काठमाडौं,
वैशाख १२ ।
तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत ‘पिँडालु’ सार्वजनिक भए देखिनै निकै चर्चामा छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीत दुई हप्तामै २३ लाख भन्दा बढी पटक हेरिएको छ ।
तेजस रेग्मीकै शब्द सङ्गीत रहेको डान्सिङ प्याटर्नको यो गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो ।
इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक स्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक रामप्रसाद कंडेलले जानकारी दिए । छोटो समयमा नै गीतले राम्रो भ्युज पाउदा आफुहरुलाई निकै हौसला मिलेको कंडेलले बताए ।
शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बि.क., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दीपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन ।
गीतले टिकटकलगायत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ ।






