काठमाडौं,
वैशाख ११ ।
आफ्ना ग्राहकहरुलाई भिन्न स्वाद पस्कने हेतुले ललितपुर, नकिपोट स्थित अत्याधुनिक फेमिली रेस्टुरेण्ट ‘सिलौटी रिसोट’ झण्डै आधा दशक देखि सञ्चालनमा आईरहेको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सुसम्पन्न भएको ‘सिलौटी रिसोट’मा स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रिसोट सञ्चालनमा ल्याईएको सञ्चालक कविन श्रेष्ठ ‘न्याछ्यौ’ बताउँछन् ।
युवा ब्यबसायीहरु मिलेर केहि गरु भन्ने उद्देश्यको साथ खोलिएको ‘सिलौटी रिसोट’ मा सेकुवा, परिकारहरु जसलाई फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिएको र नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तर्राष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रणसँगै आफन्त जनसँगको जमघटमा छुट्टै मनोरञ्जन लिन सकिन्छ ।
हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने कुरा अर्का सञ्चालक मदनबहादुर लिम्बुले बताए । ललितकलाको शहर भनेर परिचित ललितपुरको शान्त र सुरक्षित पारिवारीक वातावरणमा फरक ढङ्गले सञ्चालित रिसोट अहिले अन्य सञ्चालनमा रहेका रिसोट भन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन भन्ने उद्देश्यले नयाँ शैलीको रिसोटको सुरुवात गरेको जानकारी सञ्चालक श्रेष्ठले गराए ।
रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाई ध्यानमा राखेर उनीहरुको मागलाई उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । यहाँ सुमिङ पुल, स्टिम बाथ, साउजा बाथ, ज्याकुजी आदिको पनि सुबिधा रहेको छ ।
मिटिङ हल, शुभ कार्यको लागि प्रर्याप्त स्थान रहनुका साथै बिशेष पर्वहरुमा चर्चित कलाकारको साथमा लाईभ कार्यक्रम मार्फत आफ्ना पाहुनाहरुलाई मनोरञ्जन गराउँदै आईरहेको सञ्चालक श्रेष्ठ बताउँछन् ।






