काठमाडौं,
वैशाख ११ ।
सुनिल गिरीको सब्द, सङ्गीत र स्वरमा रहेको गीत कोशेली सार्वजनिक भएको छ । स्वरमा पूनम मिस्रले साथ दिएकी छन् सुनिललाई ।
गायक गिरी र अञ्जली मगरको अभियन रहेको गीतको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका छन् । आशिष अबिरलको सङ्गीत सम्योजन रहेको गीतको भिडियोमा प्रबिन भट्टको सम्पादन रहेको छ । दमौलीका बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको गीतमा अबिनाश मानन्धरले ड्रोन चलाएका छन् ।






