काठमाडौं,
वैशाख ५ ।
जगदिश समाल र यशोदा खालिङ राईको स्वरमा रहेको ‘मायामा’ गीत सार्वजनिक भएको छ । अमेरिका स्थित न्युयोर्क मा छायाँकन गरिएको ‘मायामा’ गीतको भिडियो सार्वजनिक भएको हो ।
आसुतोष राईको शब्द तथा सङ्गीत, दिनेश न्यौपानेको एरेञ्ज रहेको यो गीत ‘यशोदा–२’ एल्बममा समाबेश रहेको छ ।
गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् ।
भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियो अमेरिका स्थित न्युयोर्कका बिभिन्न स्थानमा छायाँकन गरिको छ ।
झन्डै एक दसक देखी अमेरिकामा रहेर निरन्तर नेपाली गीत सङ्गीतमा सकृय यशोदाका ‘यशोदा’ र ‘यशोदा-२’ एल्बम सार्वजनिक छन ।






