हावाको झोका अधेरी रातमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र ३० ।

अमेरिकामा रहेर साहित्यिक लेखनमा सक्रिय विकाश थापाले लेखेको गीत ‘हावाको झोका अधेरी रातमा…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत, रामकृष्ण ढकालको स्वर र देवेन्द्र नेवाको एरेञ्जर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

हेम प्रभासले निर्देशन गरेको गीतको भिडियोमा बरिष्ठ अभिनेता सरोज खनाल, रिमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तिलक गौतम र सन्तोष श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् । कविता तोलाङगीले श्रृंगार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका छन् । डिजिटल क्रियशनको प्रस्तुति यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो ।

आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गरेका छन् । ‘हावाको झोका अधेरी रातमा…’ हेमको पाँचौ म्युजिक भिडियोको निर्देशन हो ।

यस अघि हेम प्रभासले प्रयोगात्मक रुपम निर्माण गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार