काठमाडौं,
चैत्र २९ ।
शशि शेखर बुढाथोकीको स्वरमा रहेको गीत ‘झिल्के…’ सार्वजनिक भएको छ । अनिश श्रेष्ठको सङ्गीत, शशिकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=NF-XV9TZdCw
फिट अफ फायरको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा सुरेन्द्र श्रेष्ठको छायाँकन रहेको छ । भिडियोमा पुनम श्रेष्ठ सुभाष भट्ट, मन थापा, कोसिस राइ, अर्जुन थापाको डान्स तथा अभिनय देख्न सकिन्छ ।
गायक शशि शेखर बुढाथोकीको यसअघि दिल दिने कुरा, क्या राम्रो नेपाल, मायाँ तिम्रो त्यो, हातैमा घडि, फिलीली रेलमा जस्ता गीतहरु लोकप्रीय छन् ।






