सिनेमाघरमा ‘यात्रा’ र ‘ए मेरो हजुर ३’

काठमाडौं,
चैत्र २९ ।

शुक्रवार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनममा आएका छन् । यस वर्षका अन्तिममा दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भुमिकामा देखिएका छन् । सुहानाको यो डेब्यू चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापा चलचित्रका निर्माता हुन् ।

यस्तै, ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो चलचित्र हो ‘यात्रा’ । यसमा उनी भ्लगरको भूमिकामा छन् । सम्राट शाक्य निर्देशित यो चलचित्रमा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सहनिर्माता छन् ।

यसमा तपाइको मत

अन्य समाचार