काठमाडौं,
चैत्र २८ ।
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ टिमले ‘धुर्मुस सुन्तली फाउण्डेसन’ द्वारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
चलचित्रका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता शुशील पोखरेलले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ५० हजारको चेक प्रदान गरे ।
चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ ।
यही चलचित्रबाट मलिका महतले डेब्यू गरेकी छन् । चलचित्रमा निर्देशक सम्राटकै कथा छ । यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन छ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको सङगीत रहेको छ चलचित्रमा ।






