काठमाडौं,
चैत्र २७ ।
सन्दिप न्यौपानेको स्वर रहेको गीत ‘लालुमै’ करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको हो ।
छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । गायक तथा मोडल सन्दिप न्यौपाने र गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा सङ्गीत छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् ।
प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काको नृत्य तथा अभिनय रहेको छ ।






