अल्कोहलीक लभ भन्दै आए सिताराम (भिडियोसहित)

काठमाडौं,
चैत्र २७ ।

नेपाली गीत सङ्गीतमा पृथक पहिचान बनाउँदै आएका वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ…’ लिएर आएका छन् ।

हरेक गीतको म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक पनि आफ्नो गीतको भिडियोमा नविनतम दिएका छन ।

चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन । कुनै भिडियोमा नेपाल सुन्दरीलाई त, कुनै भिडियोमा अभिनेत्रीलाई रोज्ने गरेका गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका हुन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।

‘अल्कोहलीक लभ…’मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवँरले लेखेकी हुन् ।

सुव्रतराज आचार्यको निर्देशन रहेको छ गीतको भिडियोमा । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गीत मनपराउनेमा आफू आशावादी रहेको गायक पोखरेलले बताए ।

यसमा तपाइको मत

अन्य समाचार