मरिश्कालाई ‘माया त लाउने हो’ भन्दै दीलिप (भिडियोसहित)

काठमाडौं,
चैत्र २५ ।

शंकरलाल श्रेष्ठको स्वरमा रहेको ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजजिक गरिएको हो ।

सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा सङ्गीत छ । अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिश्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्यमा पोख्त अभिनेता दीलिप र ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिश्काको केमेस्ट्री भिडियोमा गजब देखिन्छ ।

https://www.youtube.com/watch?v=PGFle_pfoZg

गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसंगीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसङ्गीतलाई निरन्तरता दिने गायक शंकरलालले बताए । त्यस्तै अभिनेत्री मरिश्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै सँगै काम गर्न पाएकोमा सुःखी ब्यक्त गरिन् ।

निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्कालगायतले शुभकामना दिएका थिए । काभ्रेको रमणीय स्थानमा छायाँकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार