काठमाडौं,
चैत्र २५ ।
‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तर्रास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ । चैत्र २८, २९ र ३० गते काठमाडौंको भृकुटी मण्डपमा करिब १९ देशबाट सहभागिता रहने कार्यक्रम बारे राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
नेपाल सरकारले आमसञ्चार विकासमा लिएको लक्ष्य पुरा गर्न यो एक्स्पोले निकै मद्दत पुग्नेमा आयोजक बिश्वत छन् । एक्स्पोमा सुचना–सञ्चार–प्रविधि सम्बन्धि कम्पनीहरु, नीजि तथा सरकारी–गैरसरकारी संघ संस्थाहरु तथा ति संघ–संस्थासँग सम्बन्धित व्यक्तिहरु लगायत सहभागी हुने बताइएको छ ।
एक्स्पोमा ‘अन्तर्राष्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुँदा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा छलफल गर्ने छन् । आयोजकका अनुसार सम्मेलनमा देश तथा विदेशबाट ४५० भन्दा बढीको सहभागीता रहने छ ।






