काठमाडौ,
चैत्र २२ ।
बल्क बस्टर नेपाली फिल्म अवार्ड चैत २८ मा हुने कार्यक्रमको लागि अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन 24 caratले साथ दिने भएको छ । अभनिस डिस्टिलरी प्रालिले राजधानीमा एक कार्यक्रम आयोजना गरि कार्यक्रम आयोजक बक्स अफिसका अध्यक्ष आर.के. सुवेदी, संस्थाका सदस्य सुनिल प्रसाद श्रेष्ठ र कम्पनीको प्रशासन व्यवस्थापक सबन चापागाईं, बजार व्यवस्थापक निराजन न्यौपाने बीच अवार्ड आयोजनाको सहकार्यको सम्झौता भएको छ । गत बर्ष झै नयाँ बर्षलाई स्वागत पुरानो बर्षलाई बिदाइ गर्दै चैत्र २८ मा अवार्ड र चैत ३० मा रमाईलो मैत्रीपुर्ण फुटबल आयोजना हुन बताईएको छ ।
बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै भब्य आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लब नेपालले जनाएको छ । गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउने चलचित्र लब स्टेसन गरि झन्डै ८३ चलचित्रहरुको सहभागीता रहने छ । पूरा एक बर्षको व्यापारिक नापतौलको आधारमा विभिन्न बिधाबाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समीक्षाको रुपमा अवार्डबाट सम्मान गरिन लागिएको अवार्ड आयोजक तथा अध्यक्ष आर.के सुबेदीले बताए ।






