काठमाडौं,
चैत्र २२ ।
रातोपुल स्थित रकहाउस क्याफेमा नयाँ वर्ष २०७६को पूर्व सन्ध्यामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्षको अवसरमा काठमाडौंको रातोपुल स्थित रकहाउस क्याफेमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
‘हामीले हरेक वर्ष जस्तै नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यका साथ नयाँ वर्षको पूर्व सन्ध्यामा विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेका हौ’, क्याफेका सञ्चालक सुमन राईले भने ।
विशेष साँस्कृतिक कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरे, गायक योगश काजी, धु्रव विश्कोलगायतका लोकप्रिय गायक गायिकाको प्रस्तुति रहने सुमन राईले बताए । २०७५लाई विदाई र २०७६ लाई विशेषरुपमा स्वागत गर्नका लागि हामीले यस दिनलाई विशेष बनाउँन लागेका छौ’, सुमनले भने ।
उनकाअनुसार विभिन्न खानाका परिकार सहित साङ्गीतिक माहोल हुनेछ । विशेष सांस्कृतिक कार्यक्रम चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु हुनेछ ।






