काठमाडौं,
चैत्र २२ ।
चलचित्र ‘अघोरी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । कलाकार प्रज्वल गिरी टिजर भरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको सार्वजनिक डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।
भोमन कटुवाल निर्देशित यस चलचित्रमा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पण्डित, सुशिल पोखरेल, अमिन कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । सारदा र मुनमले यसै चलचित्रबाट नायिकाको रुपमा डेव्यु गरेका हुन् ।
दिक्षा पाठक कार्यकारी निर्माता रहेको ‘अघोरी’ मा राजु कितारको द्वन्द्व, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायाँकन रहेको छ । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको सङ्गीत रहेको छ ।






