चैत्र २३ देखि बानेश्वरमा बृहद् भक्ति महायज्ञ हुँदै

काठमाडौं,
चैत्र २१ ।

नेपालपूजा प्रतिष्ठानको आयोजनामा यही चैत्र २३ गते शनिबारदेखि २०७६ साल बैशाख २ गतेसम्म श्रीदेवी भागवतनवाह पुराण बृहद् भक्तिमहायज्ञ हुँने भएकोछ । काठमाडौंको बानेश्वर हाइटमा रहेको सानो गौचरणमा भक्तिमहायज्ञ हुनलागेको हो ।

भक्तिमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको भक्तिमहायज्ञ मूल समारोह समितिका संयोजक एवम् प्रतिष्ठानकी अध्यक्ष श्रीमती मञ्जु शर्मा पौड्यालले जानकारी दिनुभयो ।

महायज्ञको सह–आयोजकहरुमा बानेश्वर सानो गौचरण समाज, बाणेश्वर महादेवस्थान संरक्षण तथा व्यवस्थापन समाज तथा पञ्चकुमारी श्रद्धा प्रतिष्ठान रहेका छन् ।

नेपालको धर्म, संस्कृति, परम्परा, रीतिस्थित, सनातनदेखि चलिआएका धार्मिक क्रियाकलाप तथा बैदिक सनातन धर्मको संरक्षण एवम् सम्बद्र्धन गर्दै आपसी सद्भावको अभिबृद्धि गराउन भक्तिमहायज्ञको आयोजना गरिएको प्रतिष्ठानका महासचिव मुरारी बिनोद पोख्रेलले जानकारी दिनुभयो ।

यस अभियानमा सबै इच्छुक महानुभावहरु सहभागीहुन सक्ने छन् । प्रतिष्ठानले बानेश्वर क्षेत्रका सबै घर परिवारका सम्पूर्ण सदस्यहरुलाई यस अभियानमा सहभागी भएर लाभ उठाउन आग्रह समेत गरेको छ ।

भक्तिमहायज्ञको यज्ञाचार्य माप्राध्यापकश्री भवानीप्रसाद खतिवडा, बाचकमा आचार्य श्री ख्यामराज घिमिरे र उपबाचकमा पं. श्री त्रिलोचन खतिवडा हुनुहुन्छ ।

कार्यक्रमको लागत २० देखि २५ लाखसम्म लाग्ने अनुमान प्रतिष्ठानको छ । इच्छुक, श्रद्धालु भक्तजनले बृहद् भक्तिमहायज्ञमा सहयोग गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रम तालिका :
पूर्वाङ्ग एवम् पाठकथा प्रारम्भ : २०७५ साल चैत्र २३ गते शनिबार
पूजा अर्चना प्रतिदिन : बिहान ६ः०० बजेदेखि ७ः३० बजेसम्म
विश्राम, भजन कीर्तन : बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म
पाठपारायण : बिहान ८ः०० बजेदेखि १०ः३० बजेसम्म
कथा प्रवचन : बिहान १०ः३० बजेदेखि १२ः०० बजेसम्म
बिश्राम, भजन कीर्तन : मध्यान्न १२ः०० बजेदेखि १ः०० बजेसम्म
मध्यान्न पाठपारायण : अपरान्ह १ः०० बजेदेखि २ः३० बजेसम्म
कथाप्रवचन, आरति र पुष्पाञ्जली : अपरान्ह २ः३० बजेदेखि ५ः०० बजेसम्म
बिश्राम, भजनकीर्तन : अपरान्ह ५ः०० बजेदेखि ७ः३० बजेसम्म
महात्म्यकथा, प्रवचन एवम् भजन : रात्री ७ः३० बजेदेखि ९ः०० बजेसम्म

प्रत्येक दिन दिउँसो १ घण्टा ख्याति प्राप्त स्वामीज्यूहरु तथा विद्धानज्यूहरु बाट सारगर्भित प्रवचन हुने :
श्री १००८ स्वामी आत्मानन्दगिरिजी महाराज
श्री १००८ स्वामीज्ञानानन्दगिरिजी महाराज
श्री १००८ स्वामी रमणानन्दगिरिजी महाराज
श्री १००८ स्वामी कृष्णानन्दगिरिजी महाराज
श्री १००८ स्वामी इश्वरानन्दगिरिजी महाराज
श्री १००८ स्वामी मधुसुदन सरस्वतीगिरिजी महाराज
श्री प्रा. शिवगोपाल रिसालज्यू
श्री प्रा. दीर्घराज घिमिरेज्यू
श्री प्रा. दुर्गाप्रसाद दाहालज्यू
श्री पं. रामप्रसाद भण्डारीज्यू

नेपाल पूजाप्रतिष्ठानको संक्षिप्त परिचय 
नेपाल पूजाप्रतिष्ठान नेपालको संस्कृति, परम्परा, बैदिक सनातन धर्मको संरक्षण, आपसी सद्भाव एवम् सम्वद्र्धन गर्दै मानवजातिलाई सकारात्मक सोचमा ढाल्न उत्प्रेरणा गर्ने उदेश्यबाट पुरानो बानेश्वर, काठमाडौंमा २०५२ साल फागुण ९ गते स्थापना भएको संस्थाहो ।

उदेश्य :
यसको उदेश्य भनेको सनातनदेखि चलिआएको धर्म, परम्परा, संस्कार रीति रिवाजलाई अक्षुण राख्ने ।

नयाँ पुस्तालाई नेपाल र नेपालीको वास्तविक पहिचानका बारेमा ज्ञानदिलाई सवल नेपाली बनाउन पहलगर्ने ।

नेपाली भाषा संस्कृतिको अवलम्बन गर्न गराउन सकृय कार्यक्रमहरु सञ्चालन गर्ने ।

मानवीय सोचको उच्चतालाई अङ्गीकार गरेर रोगी, असहाय, अवला तथा अशक्तलाई सघाउने क्रियाकलापमा आस्था जगाउने कार्यहरु गर्ने ।

विश्व भातृत्वको अवधारणामा विश्वास राखी सो अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्ने ।

संस्थाले गरिरहेको केही महत्वपूर्ण कार्यहरु :

प्रतिष्ठानकै भवनबाट किरियापुत्री सेवा ।

प्रत्येक शनिबार बिहान ८ देखि १० बजेसम्म बरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सेवा ।

हरेक शनिबार गुरुवरज्यू हरुबाट प्रतिष्ठानको हलमा आध्यात्मिक प्रवचन ।

दैनिक बिहान ५ देखि ७ बजेसम्म पतञ्जलि योग अभ्यास कार्यक्रम ।

बार्षिक रुपमा सत्य दर्पण प्रकाशन र वितरण ।

फागुणमा बार्षिक रक्तदान कार्यक्रम ।

श्रीपञ्चमीका दिन बिद्यालय, आश्रम तथा संस्थाहरुलाई सहयोग वितरण ।

यि बाहेक संस्थाले बार्षिक रुपकै कार्यक्रम तालिका सार्वजनिक गरेर बिभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।

बानेश्वरबासी तथा बिभिन्न दाताहरुको सहयोगमा नेपाल पूजा प्रतिष्ठानको हालको भवन निर्माण गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार