काठमाडौं,
चैत्र १४ ।
मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’को बिमोचन गरिएको छ । बुधबार राजधानीमा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको प्रमुख अतिथित्यतामा गीतको बिमोचन गरिएको हो ।
मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, अभिनेता सरोज खनाललगायत अतिथिकाका रूपमा उपस्थित थिए ।
कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्वजन्मको पाप वा गल्ती नभई मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले मस्तिष्क पक्षघात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा अभिनेता सरोज खनाल सन्देशमुलक गीत मा अभिनय गर्न पाएको मा खुशी व्यक्त गर्दै सस्थाको उन्नति तथा प्रगतिको कामना गरे ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताइन । कार्यक्रममा गायक शिव परियारले सस्था लाई नगद दशहजार १ रुपैयाँ र समाजसेवी नरेन्द्रबहादुर श्रेष्ठले नगद एक्काइस हजार रुपैयाँ सहयोग गरेका थिए । सस्थाका अध्यक्ष उर्मिला श्रेष्ठले सबैको सहयोगको अपेक्षा गर्दै सबैसँग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितको लागि सदा निस्वार्थ भावनाले काम गर्ने बताइन । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेका थिए ।
शिव परियार को स्वर तथा नरेशकुमार प्रधानको शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बालकलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले छायाँकन गरेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।






