लब जोनको ‘मै परुला झ्याइ झ्याइ’ (भिडियोसहित)

काठमाडौं,
चैत्र १० ।

चलचित्र लबजोनको गीत ‘मै पारुला तिमी लाई झ्याइ झ्याइ…’ सार्वजनिक गरिएको छ । नित्याशिवा र गणेश चौधरीको स्वर, बाबुल गिरीको सङ्गीत र शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको हो ।
गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन ।

चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायाँकन, राजन महर्जन र सुरेश पाण्डे को नृत्य रहेको छ । चलचित्रमा शंकर अधिकारी घायलेको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा राजन महर्जन, तृष्णा खडका, डीबी लामा, सुश्मा थिङ, राजु श्रेष्ठ, राजन श्रेष्ठ, निमा लामा, शर्मिला भुजेल, रुबिना थापा, बिक्रम कार्की, कुमार कार्की र बाल कलाकार रचना कार्कीको अभिनय रहेको छ । चलचित्रलाई आगामी भदौमा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार