‘पखाईमा परदेशी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र ५ ।

लालकाजी श्रेष्ठको स्वरमा रहेको मातृभुमी प्रति समर्पित गीत ‘पखाईमा परदेशी… ’ गीत सार्वजनिक भएको छ । हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लालकाजी श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा बुद्धविर थापा र लिला गिरीको अभिनय रहेको छ । मुकेश हुमागाईँको छायाँकन रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

भिडियोमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार