काठमाडौं,
चैत्र ४ ।
गायक एवम् सङ्गीतकार शिशिर योगीको एल्बम ‘शिशिर’ सार्वजनीक भएको छ। म्युजिक नेपालको प्रस्तुति रहेको एल्बमको राजधानीमा एक कार्यक्रम गरेर लोकार्पण गरिएको हो ।
एल्बममा पुतली, तेरो मेरो, इतरी, जति चोट, हर रात, दिनको दिनैलगायत ९ वटा आधुनिक गीतहरु समावेश छन् । झण्डै २५ वर्षदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध योगीको पहिचान एल्बम पनि म्युजिक नेपालको सहकार्यमा बजारमा आएको थियो ।
एल्बममा रहेका ९ वटै गीतहरु योगीको स्वरमा रहेको छ भने बरिष्ठ रचनाकार सत्यमोहन जोशी, रत्नशमशेर थापा, कालीप्रसाद रिजालको रहेको छ । एल्बममा रहेका गीतमध्ये पुतली गीतको भने म्युजिक भिडियो निर्माण भएको छ ।






