‘सल्ला धुपैले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र ३ ।

गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक गरिएको छ ।
‘सल्ला धुपैले’ मा कौडाकिङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ । यस गीतमा शब्द गणेश गुरुङले नै शङ्कलन गरेका हुन् भने, लय पनि कौडाकिङ गुरुङले नै भरेका हुन् ।

जसमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । ‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो । यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार