नयाँ वर्षमा पोखरामा ‘म्ले क्यु’ प्रदर्शन हुने

पोखरा,
चैत्र ३ ।

स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र ‘म्ले क्यु’ (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ । जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ ।

रोशन गुरुङको कथा एवम् माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको चलचित्रमा रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिए ।

उनका अनुसार वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा १२ः०० बजे र ३ः०० बजे गरी दुई सो प्रदर्शन गरिने छ ।

यसमा तपाइको मत

अन्य समाचार