बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण

काठमाडौं,
चैत्र ३ ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक जित्न सफल भएको छ । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ८ स्वर्ण पदकसहित ३ रजत र ५ कास्य पदक जित्न सफल भएको हो ।

पुरुष कराँतेतर्फ उत्कृष्ट प्रदर्शन गर्दै दिनेश ताम्राकार, रुपेश श्रेष्ठ, लोकेन्द्र राई र एजुक थिङले ४ स्वर्ण पदक दिलाएका छन् । त्यस्तै महिलातर्फ पनि ४ स्वर्ण पदक हात परेको छ । अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मल तामाङले प्रथम स्थान सुरक्षित गर्दै नेपाललाई गोल्ड मेडल दिलाएका हुन् ।

सोनम बलामीले रजत दिलाएका छन् । ४ खेलाडीले कास्य पदक जितेका छन् । दिनेश ताम्राकार, सिद्धान्त गुरुङ, निर्मल तामाङ र आकाश गुरुङले कास्य पदक जितेका हुन् ।

अन्तर्राष्ट्रिय निर्णायक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ, अशोक पहाडी, बिनोद राउत, वीरेन्द्र कर्णलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार