काठमाडौं,
चैत्र ३ ।
अमेरिकामा बुढी आमैको होली बिशेष सार्वजनिक भएको छ । अमेरिकामा रहेका नेपालीको यथार्थ अवस्थालाई समिटी निर्माण भइरहेको हाँस्य टेलिचलचित्र अम्रिकामा बुढी आमैको होली बिशेष भाग ५ सार्वजनिक भएको हो ।
नेपाली साहित्यिक क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेकी सुबिसुधा आचार्यको लेखनमा तयार भएको नेपाली हाँस्य श्रृङ्खला ‘अम्रिकामा बुढी आमैको भाग ५’ भने नेपालमै सुटिङ गरिएको छ । पाक्षिक रूपमा प्रशारण हुने यस श्रृङ्खलामा निर्देशन पनि सुबिसुधा आचार्य स्वयम्को रहेको छ ।
अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हाँस्य श्रृङ्खला ‘अम्रिकामा बुढी आमै’ ल्याएको केशव आचार्यले बताए ।
श्रृङ्खलामा सुबिसुधा, भीम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, सनि सुनवार, माया तामाड, एलेन मगर, मित्र केसी, भिमसेन गौतम मोतिराम मगरलगायतको अभिनय रहेको छ । होली पर्वलाई मित्रवत भावनाले मनाउँ, विकृति रोकौ, झगडा नगरौ भन्ने सन्देश यस श्रृङ्खलाले दिन खोजेको छ ।






