काठमाडौं,
फाल्गुन ३० ।
रङ्गको पर्व होलीलाई लक्षित गरेर श्रीहरि दाहाल र सुशिला पाठकको स्वरमा रहेको गीत ‘ह्याप्पि होली’ सार्वजनिक गएिको छ । उक्त गीत गायीका शुशिला पाठकको आधिकारीक युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
रुपेश बास्कोटाको शब्द तथा लय रहेको गीतको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोलाई टंक केसीले खिचेका हुन भने, प्रमोद भण्डारीले कोरियोग्राफि र सिलन लम्सालले भिडियो सम्पादन गरेका छन् ।
गीतले स्रोता/दर्शकको मन जित्नेमा आफू आवाबादी रहेको शुसिला पाठकले बताईन । पाठकले केही दिन अगाडी ‘देशै खाने…’ गीत सार्वजनिक गरेकी थिईन ।






