जानी नजानीको टाइटल गीत सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
फाल्गुन २७ ।

चलचित्र ‘जानी नजानी’को टाइटल गीत सार्बजनिक भएको छ । रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को टाइटल गीत सार्वजनिक भएको हो ।

मोदनाथ खनालको शब्द तथा अन्जु पन्त र प्रताप दासको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई बसन्त अधिकारीले निर्देशन गरेका छन् ।

वसन्त अधिकारीको यो डेब्यु चलचित्र हो । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसीलगायतको अभिनय रहेको छ ।

यसै चलचित्र मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा चलचित्र नगरीमा डेब्यु गर्दैछिन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । चलचित्र चैत्र १ गतेबाट देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार