काठमाडौं,
फाल्गुन २६ ।
माउन्ट ग्लोरी इन्टरनेसनल हाई स्कुलको शैक्षिक मेला २०७५ सम्पन्न भएको छ । फागुन २५ गते सनिबार बिदाको दिन पारेर माउन्ट ग्लोरी इन्टरनेसनल हाई स्कुलले शैक्षिक मेला सम्पन्न गरेको हो ।
बिहान १० बजे सुरु भएको शैक्षिक मेलामा बिद्यार्थी तथा बालबालिकाहरुको मानसिक र बौद्धिक बिकाश हुने गरि मेलामा विभिन्न किसिमको प्रतियोतिता अनि कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
‘बालकेन्द्रित शिक्षण सिकाई माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ्ग हाइ स्कुलको रोजाई’ भन्ने स्लोगन बोकेको स्कुलले यस अघि पनि यस्तै किसिमको मेला आयोजना गरिसकेको छ भने यस पटक अझ राम्रो र सरल तरिकाले निकै मेहनतका साथ मेला आयोजन गरिएको स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठको भनाई रहेको छ ।
बसुन्धरा स्थित यस स्कुलले आयोजन गरेको शैक्षिक मेलामा मानसिक बिकाश र बौद्धिक बिकासलार्इ सहयोग हुने र बालबालिका अनि पारिवारिक माहोललाइ पनि सहयोग हुने गरि मेलामा सामाग्रीहरुको एक्जिबेशन पनि गरिएको थियो ।
स्कुलका बिद्यार्थी अनि अभिभाबक र स्कुल क्षेत्र वरिपरिका व्यक्तित्वहरुको ध्यान आकर्षण हुने गरि मेलाको आयोजन गरिएको थियो । माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ्ग हाइ स्कुलको प्राँगणमा सम्पन्न गरिएको मेलामा शैक्षिक तथा बिज्ञान पर्दर्शनी, सांस्कृतिक कार्यक्रम, खेल, कृषि सम्बन्धी ज्ञान, कास्ठकला, चित्रकला, फुड स्टल समेत राखिएको थियो ।
बिद्यालयका प्रिन्सिपल गणेश श्रेष्ठले विद्यार्थीमा अन्तर निहित तथा सिर्जनात्मक क्षमताको बिकास गर्नको लागि मेलाले निकै ठुलो सहयोग पुर्याउने जानकारी गराए । मेलामा विद्यार्थीहरुबाट निर्मित सामाग्रीहरुको प्रदर्शन समेत गरिएको थियो । यस शैक्षिक मेलाले शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सचेत तुल्याइ शैक्षिक जागरण र कृयासिलता अभिबृद्धी गर्न सघाउ पुग्ने प्रिन्सिपल गणेश श्रेष्ठको भनाइ रहेको छ ।






