दोहा,
फाल्गुन २२ ।
वराङ्गना उपन्याससंगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरुसँग साक्षत्कार एबम् अन्तरक्रिया गरेकी छन ।
परम्परागत कार्यकमहरु भन्दा भिन्न फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्यलगायतका बिबिध बिषयमा सिंखडासँग जिज्ञासा राखेका थिए ।
अभिनेत्री एबम् उपन्यासकार सिम्खडाले आफुले बच्चै देखिजुन समुदाय र पात्रको नजिक हुर्किएको हो उसैलाई उपन्यासको पात्र बनाएकैले वराङ्गना उपन्यास जिबन्त बनेको र आफुले पाठकहरु बाट धरैनै राम्रो प्रतिक्रियाहरु पाईरहेको बताइन । अहिले आफू पुर्ण रुपमा साहित्य लेखन र अध्यनमा होमिएकोले अफर आए पनि अभिनयलाई केहि परै राखेको जानकारी गराईन ।






