काठमाडौं,
फाल्गुन १९ ।
चलचित्र जात्रै जात्रा मा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा चलचित्रत्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ ।
साथमा, चलचित्रका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको चलचित्र जात्रै जात्रा को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको सङ्गीत छ । शिवराम श्रेष्ठको छायांकन, प्रदिप भट्टराइले निर्देशन गरिरहेको चलचित्रलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् । चलचित्र ‘जात्रा’को सिक्वेल हो ।






