मुटुरोगी गायिका सुर्यकुमारीले गरिन सहयोगको याचना (भिडियोसहित)

काठमाडौं,
फाल्गुन १७ ।

मुटु रोगी सुर्यकुमारी सिलवालले आफ्नो मुटुको अप्रेसन गर्न रकम अभाव भएपछी सहयोगको याचना गरेकी छन । पाँच महिना अगाडि पनि फुल्चोकी मिडिया मार्फत सिलवालले सहयोगको याचना गरेकी थिइन । त्यती बेला देश तथा बिदेश बाट सहयोगि मन भएका ब्यक्तित्वहरुले उनलाई सहयोग रकम पठाएपछी उनको उपचार सुरु गरिएको थियो ।

उपचार गर्ने क्रममा रकम अभाव भएपछी उनले फेरि सहयोगको याचना गरेकी हुन । केही समय अगाडि फुल्चोकी मिडियाले सुर्यकुमारी सिलवाल बच्चाउ अभियान नै चलाएको थियो । अभियानबाट सङ्कलित रकम हस्तान्तरण गरिए पछी आफ्नो बाँच्ने आशा पलाएको सिलवालले बताएकी थिइन ।

https://www.youtube.com/watch?v=Y2dhbILDVQs

सिलवालले आफुलाई यतिखेरसम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै अरु सहयोगको अपिल गरेकी छन् । उनको अप्रेसन गर्न अझै करिब १० लाख लाग्ने शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारीले बताएपछी देश बिदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मन भएका महानुभावहरुलाई आफ्नो ज्यान बचाउन अपिल गरेकी हुन ।

सहयोग गर्न चाहनुहुने महानुभावहरुले उनको मोबाइल नम्बर ९८०३३४२४४६ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार