काठमाडौं,
फाल्गुन १६ ।
मोडलिङ्ग र अभिनयमा रहेका राजु श्रेष्ठले निर्देशन गरेको गीतको भिडियो ‘लौ माया’ जीवन भण्डारीको शब्द तथा सङ्गीतमा अच्युत बस्नेतले गाएको “लौ माया” बोलको गीतको भिडियो चर्चामा रहेको हो ।
मोडल नमिता राइको साथमा थोप्स कृउका कलाकारहरुको रोमान्चक नृत्य समेटिएको भिडियोको छायांकन नरेश ऐरले गरेका छन भने सुशील डङ्गोलले सम्पादन गरेका छन ।






