ताप्लेजुङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना

काठमाडौं,
फाल्गुन १५ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।

नेपाल प्रहरीका अनुसार दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ । शवको पहिचान हुन बाँकी छ । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार