काठमाडौं,
फाल्गुन १३ ।
चलचित्र ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीत सार्वजनिक भएको छ । आइटम गीतमा नायिका सुष्मा कार्की फिचर्ड छिन् । चलचित्रको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ ।
गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको सङ्गीत छ । ज्ञानु राईको छायांकन रहेको गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी र रन्जीत मानन्धरको सम्पादन छ ।
चलचित्रको निर्देशकसमेत रहेका दिनेशले चलचित्रले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवम् संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको बताए ।
चलचित्रमा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दीपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दीलिप ठकुरी, पुन्य ओझा, अजय खडकालगायतकाको मुख्य भुमिका रहेको छ । यही चलचित्रबाट मदन, राजकुमार, रुद्र र शान्तिले डेब्यु गर्दैछन् ।
चलचित्रमा रोशन बान्तवा राईको सङ्गीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ ।
बसन्त थेवे कार्यकारी निर्माता रहेको चलचित्रमा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता, कविता राई निर्मात्री र दिनेशकै लेखन रहेको छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र यही २४ गतेदेखि देशभरका सिनेमा घरमा आउँदै छ ।






