अनामिका, सार्थक र नाता लिएर आए सुन्दर

काठमाडौं,
फाल्गुन १२ ।

गीतकार सुन्दर पन्त फेरि आफ्ना दुई एल्बम र एउटा पुस्तक लिएर दर्शक स्रोता तथा पाठकमाझ आएका छन् । उनको कवितासङ्ग्रह अनामिका अनि एल्बम सार्थक र नाता सार्वजनिक भएको हो ।

गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा सङ्गीतकार महेश खड्का, गीतकार चुडामणी देवकोटालगायत अन्य अतिथीहरुले उनका कृतिलाई राजधानीमा एक कार्यक्रमबीच साार्वजनिक गरेका हुन् ।

३९ वटा कविता समेटिएको कवितासङग्रह ‘अनामिका’मा जीवनका यथार्थलाई मिठो शैलीमा प्रस्तुत गरेका छन् पन्तले । उनका सार्वजनिक दुइ एल्बममा मेलिना राई, रामकृष्ण ढकाल, कमल किरण, प्रमोद खरेल, सन्तोष रजौरे, राजेश पायल राई, शशी रावल, राज सिग्देल, धमेन्द्र सेवान र हिमाल सागरको स्वर छ भने कल्यान सिंह, विपिन आचार्य, प्रमोद पन्त, सन्तोष रजौरे, शशी रावल, महेश खड्का र तारावीर पाण्डेको सङ्गीत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार