काठमाडौं,
फाल्गुन ६ ।
गायक भुवन प्यासीको नयाँ गीत ‘माईली’ सार्वजनिक भएको छ । भुवनको शब्द र सङ्गीत रहेको गीतमा भुवनलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।
परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा मोडल अन्जली अधिकारी र गायक प्यासीको अभिनय रहेको छ ।
उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारले ड्रोन चलाएका छन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भुवनले ‘हल्का हल्का’, ‘ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।






