बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ (भिडियोसहित)

काठमाडौं,
माघ ४ ।

गायिका बुनु श्रेष्ठको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर मारुनी गीत ‘मलाई मेरै नेपाली’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रमोद कोईरालाको शब्द तथा सङ्गीत रहेको छ भने  महाराज थापाले एरेन्ज गरेका छन् ।

पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई उनकै श्रीमान् महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार