काठमाडौं,
माघ २७ ।
शिव परियारको नयाँ गीत ‘तिमी नै मेरो सास हौ…’को भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमी नै मेरो सास हौ…’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।
सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यही जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।
सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ । बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।






