कृष्ण काफ्लेको ‘आमा’ (भिडियोसहित)

काठमाडौं,
माघ १६ ।

कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । मनिष बसिष्ठको रचना, पुरुषोत्तम न्यौपानेको कम्पोज, उदय राज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई प्रस्तुत गरिएको छ । निकेश खड्का निर्देशित भिडियोमा सहिन प्रजापति र शारदा अधिकारी फिचर छन् । उत्तम हुमागाईंले खिचेको गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार