काठमाडौं,
माघ १६ ।
सुदन गैरेको स्वर, र सङ्गीत रहेको गीत ‘सानी’ सार्वजनिक भएको छ । प्रतिमा शर्माको शब्द र आशिष अविरलको सङ्गीत सयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्सव दहालले खिचेको गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका छन् । गीतको भिडियोमा पल शाह र एलिशा राईको अभिनय देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।
चितवनमा जन्मिएका गायक सुदन गैरेले पहिलो एल्बम तरेली सार्वजनिक गरेका थिए । २०६५ सालमा दोस्रो एल्बम Define सार्वजनिक गरेका गायकको तेस्रो एल्बम Distance २०७० सालमा सार्वजनिक भएको थियो ।
गीत सङ्गीतबाट केही समय टाढा रहेका उनी केहि वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन् । बिगत ८ वर्ष देखि अमेरिका बस्दै आएका यी गायकले आफ्नो नयाँ गीत सानी बजारमा ल्याएका हुन ।






