सकियो ‘लव जोन’को छायाँकन

काठमाडौं,
माघ १५ ।

चलचित्र ‘लव जोन’को छायाँकन सकिएको छ । बिजि बर्मा फिल्मसको ब्यानरमा ओमबहादुर कार्कीको निर्माणमा रहेको नेपाली चलचित्र ‘लव जोन’को गीतको छायाँकनसँगै छायाँकन सकिएको हो । नित्या शिवा र बाबुल गिरीको स्वरमा रहेको गीत ‘कस्ले पो पार्छ झ्याइ झ्याइ…’को छायांकनसँगै चलचित्रको इन्ड्क्ल्याप गरिएको छ ।

चलचित्रमा समाज मा बिध्यमान रहेको विभिन्न समस्यालाई उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ ।मायाको कुनै अबधि र सिमाना हुँदैन सन्देश चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी ‘घायल’ले बताए ।

राजन महर्जन, तृष्णा खड्का, डिबि लामा सहित नव प्रस्तुतिमा बिक्रम कार्की, प्रेरणा बोहरा, रुबिना थापा, राजन श्रेष्ठ, राजु श्रेष्ठ, सुषमा थिङ, कुमार कार्की ,शर्मिला भुजेल, निमा लामाको अभिनय रहेको छ चलचित्रमा ।

सोलु, जिरी, रामेछाप, काभ्रे र काठमाडौंका रमणिय स्थानहरुमा छायांकन गरिएको चलचित्रमा बिक्रम कार्की र सरोज थापा को छायांकन, राजन महर्जन र सुरेस पान्डेको नृत्य रहेको छ ।

चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत, बाबुल गिरीको सङ्गीत रहेको छ भने बाबुल गिरी, नित्याशिवा र शम्भु रैकाको स्वर रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार