दक्षिणकाली बोसन महोत्सव हुने

काठमाडौं,
माघ १४ ।

दक्षिणकाली बोसन महोत्सव हुने भएको छ । आयोजकले आज राजधानीको भृकुटी मण्डप स्थिति पर्यटनबोडमा पत्रकार सम्मेलन गर्दै पहिलो दक्षिणकाली बोसन महोत्सवका बारेमा जानकारी गराएको हो । यही माघ १९ गते शनिवार हुने एक दिने उक्त महोत्सव दक्षिकालीको बोसन फूटवल चौरमा हुँदैछ ।

दक्षिणकाली नगरपालिका नगर पर्यटन विकास समितिले आयोजना गर्न लागेको यो महोत्सवको प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने महोत्सव आयोजकले जानकारी दिएको छ ।

‘पर्यटकीय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक शहर’ नाराका साथ दक्षिणकाली क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा अष्टपी गणेश, चापादेवी गाँउ, बोसन गुम्बा, ह्वाइट हाउस तथा होमस्टे अवलोकन भ्रमण गराइने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाबारबाट संस्कृतिक कार्यक्रम प्रस्तुति हुनुका साथै साहसीक खेल तथा स्थानिय नगरवासीबाट उत्पादित सामाग्रीको खानाको परिकार प्रदर्शन गरिने बताइएको छ ।

विविध पर्यटकीय महत्वका साथै यो क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकोले यसैको प्रवद्र्धनको निम्ति महोत्सव आयोजना गर्न लागिएको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले बताए ।

दक्षिणकाली नगरपालिका वडा नं. १ बोसनबाट एतिहासिक चम्पादेवी पाउँ, गणेश हिमालका रमणिय दृश्यहरु, स्वयम्भु, उपत्यकाकाा रमणीय दृश्यहरु, चन्द्रागिरी, टौदहलगायतका प्राकृतिक तथा साँस्कृतिक धरोहरको अवलोकन गर्न सकिने दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती तामाङले बताइन ।

आफूहरु पूर्ण तयारीमा जुटेको र महोत्सव भव्य रुपमा गर्न लागेको वडा १ का वडा अध्यक्ष जय थापा मगरले जानकारी गराए । उपत्यकाबाट यति नजिक रहँदा पनि उसको प्रचारप्रसारको अभाव रहनुमा दुःख व्यक्त गर्दै दक्षिणकाली बोसन महोत्सव उपसिमितिका संयोजक तथा दक्षिणकाली नगरपालिका वडा १ का वडा अध्यक्ष मगरले यो महोत्सवले पक्कै पनि यस क्षेत्रको उद्योग तथा पर्यटनको विकासमा टेपा पुग्ने बताए ।

दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह-संयोजनमा उक्त महोत्सव आयोजना गर्ने तयारी भएको छ । नगरले महोत्सवस्थल पुग्नका लागि ४ वटा बसको समेत व्यवस्था गरको छ । बस बल्खुदेखि कार्यक्रम स्थलसम्म चल्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार