बेष्ट मोडल अफ द इयरको दोस्रो सिजन सुरु

काठमाडौं,
माघ १४ ।

नेपाल फेसन सिटी आयोजक रहेको सौदर्य प्रतियोगीता ‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ । आयोजकले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘बेष्ट मोडल अफ दि इयर २०१९’को आवेदन खुल्ला भएको जनाएको हो ।

स्वदेश तथा बिदेशका लागि आवश्यक प्रशिक्षित एवम् दक्ष मोडल उत्पादन गर्ने उद्देश्य राखेको प्रतियोगिताको पहिलो अडिसन यहि १७ गते टेकुस्थित मसला कटेजमा आयोजना हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोजकले आवेदनका लागि संस्थाको कुपन्डोलमा रहेको नेपाल फेसन सिटीको कार्यालय वा फोन नम्बर ९८४१०१३४४९ र ९८४३८०२२२४ मा सिधै सम्पर्क गर्न समेत सकिनेछ जनाएको छ ।

काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुनः काठमाडौंमा आएर सकिनेछ । १४ देखि ३२ बर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा बिभिन्न चरणको अडिसनबाट छानिएका युवायुवती मात्र अन्तिम स्पर्धाका लागि भिड्ने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जनाएकी छन् ।

कोरियोग्राफर तथा प्रोग्राम कोअडिनेटर प्रवेश गिरी रहेको प्रतियोगीताका अन्तिम प्रतियोगी र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयको दक्ष प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिने जनाइएको छ ।

प्रतियोगीताको शिर्ष बिजेताले नगद एक लाखसहित बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गर्न सक्नेछन् । प्रतियोगितामा शिर्ष सहित अन्य आधा दर्जन शिर्षकमा बिजेता समेत छानिने आयोजकले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार