शहीद सप्ताह अन्तर्गत धर्मभक्त माथेमाको सम्झना

काठमाडौं,
माघ १३ ।

शहीद सप्ताह अन्तर्गत आइतबार शहीद धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा काठमाडौं महानगरपालिकाले राजधानीको सिफलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका सहभागीहरुले धर्मभक्तको अर्धकदको सालिकमा पुष्प गुच्छा अर्पण गरि उनको योगदानको स्मरण गरे ।

जहानियाँ निरंकुश राणा शासनको विरिुद्ध आन्दोलनमा होमिएका धर्मभक्तलाई तत्कालीन शासकले १९९७ साल माघ १३ गते सिफलमा मध्यराती रुखमा झुण्डाएर फांसी दिएको थियो ।

यस्तै १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको थियो ।

यिनै शहीदहरुप्रति श्रद्धाभाव व्यक्त गर्न प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाइंदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार