काठमाडौं,
माघ १३ ।
पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह आइतबार बाराको सीमरा जाने भएका छन् । पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जान लागेको बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा विभिन्न व्यक्तित्वहरुसँग भेटघाट र छलफल गरेका ज्ञानेन्द्र शाहले सीमरामा पनि त्यस्तै खालको भेटघाट गर्ने बताइएको छ । यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि रहनेछन् ।






